कोभिड–१९ का कारण चीनबाट बिचैमा अध्ययन छोडेर नेपाल आएका १५० एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगको सहमतिमा नेपाल मेडिकल काउन्सिलले थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको जनाएको छ ।
काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत सन् २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा थप तीनवटा निर्णय गरेको छ ।