भरतपुर । नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरित रामपुर फिडर अन्तर्गतका केहि स्थानमा भोलि १० गते लाइन अवरुद्व हुने भएको छ । ११ के.भी. लाइनका पोलहरु अपग्रेडको लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म लाइन अवरुद्द हुने भएको हो ।
भरतपुर महानगरपालिको शारदानगर, रामपुर बजारदेखि गरुङ चोक सम्मको र आसपासको स्थानहरुमा विद्यत अवरुद्द हुने विद्यत प्राधिकरण चनौली वितरण केन्द्रले जानकारी दिएको छ । निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने वितरण केन्द्रले एक सूचना प्रकाशित गरी जनाएको छ ।