चितवन,साउन १०:देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी,चतरास्थित सप्तकोसी, हम्पचुवारस्थित सुनकोसी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।आज झापा, मोरङ, सुनसरी, सप्तरी, दैलेख, अछाम र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।