काठमाडौँ, साउन १२: आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य गरेर अगाडी बढने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा हालको गठबन्धन निरन्तर दिँदै दायाँ–बायाँ नसोची कांग्रेससँगै सहकार्य गरेर अगाडी बढने उनले जानकारी दिएका हुन् । त्यस्तै नेकपा एमाले सँग भने सहकार्य गरेर अगाडी बढने सम्भव नभएको बताएका हुन ।
पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने भएको छ ।