भरतपुर,साउन १६ :पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको थियो ।
दुईवटा जेसिभि प्रयोग गरेर पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गय रातीदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।