• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • १ घण्टा 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • १ घण्टा 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • १ घण्टा 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • २ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ६ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ६ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

एमालेसँग गठबन्धन वा एकता हुन पनि सक्छः पुन

  •   ५ दिन अघि

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने बताएका छन्।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए।

सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे।

‘एमाले अध्यक्ष र मूल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्‍याे भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफटकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’

पुनले एमाले नेताहरूसँग आफूहरूको संवाद भइरहेको समेत खुलासा गरे। दिर्घकालीन रूपमै कांग्रेससँग सहकार्यको नीतिमा आफूहरू नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए।

‘हिजो हामीले एउटै पार्टी बनायौँ। पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो। उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन। न सरकारको पर्फमेन्स राम्रो भयो। ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो। संघमा दुई तिहाइको सरकार थियो। विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरू करेक्सन भए भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ। कुनै आश्चर्यको कुरा होइन। म वामपन्थीहरू मिल्नुपर्छ भन्नेमा हो।’

पुनले संविधान र व्यवस्था बचाउन कांग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे। आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा रहेको र संविधान विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे। मन्त्री पद नै छाडेर कांग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धसँग आफ्नो लगाव रहेको उल्लेख गरे।

यद्यपि कांग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए। अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोस्राे दल बनेको कुरालाई कांग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे। माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न कांग्रेस नेतृत्वलाई चेतावनी दिए।

‘हाम्रो ३७ सिट थियो। अहिले केही बढ्छ। कांग्रेस २३ सिटमा थियो, अहिले बढ्छ’, उनले भने, ‘फेरि वामशक्ति मिल्दा कांग्रेस ५ वा ७ सिटमा जान्छ। कांग्रेस र वाम-लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो।’

नेपालमा परम्परागत शक्तिको नेतृत्व कांग्रेसले र प्रगतिशिल वामपन्थी शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्दै उनले तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको औंल्याए।

वाम-लोकतान्त्रिक गठबन्धन कांग्रेस-एमाले हाराहारीको शक्ति बन्ने र मुलुकको राजनीतिमा त्रिपक्षीय शक्ति सन्तुलन देखा पर्ने दाबी उनको थियो। देशमा कांग्रेसले परम्परावादी शक्ति र आफूहरूले प्रगतिशील वामपन्थी शक्तिको अगुवाई गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै आएको टिप्पणी गरे।

‘एमाले संक्रमणमा छ, उसले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ। पोजिसन स्पष्ट गर्दै जाँदा वाम-समाजवादी गठबन्धनमा पनि आउन सक्छ’, उनले भने।

समाचार श्रोत : देशसंचार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.