काठमाडौँ, साउन १९ : नेपालगञ्ज – नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइएको छ।
श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्जमा नै आकस्मिक अवतरण गराइएको हो । श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए। उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन्।