चितवन – बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र शुक्रबार नारायणी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुनः आग्रह गरेको छ ।
नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए पनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान गर्दै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाले कोसी नदी आसपास पनि सतर्कता अपनाउन भनेको छ । बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।

