चितवन,साउन २०:नारायणगढ–मुग्लिन सडकखण्ड गएराती पहिरो खसेको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा बर्षातका कारण लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राती २ बजे खसेको पहिरो डिभिजन सडक कार्यालय भरतपुरसंग समन्वय गरेर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । बर्खाको समयमा सकेसम्म नारायणगढ– मुग्लिन सडकखण्डमा यात्रा नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु