चितवन, साउन २० : पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ ।विहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको चितवन प्रहरीले जनाएको छ ।
केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९, मौरी खोलामा पुनः गयराति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।
राति २ बजेकोसमयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध हुँदा हजारौं सवारी साधन सडकमै रोकिएका छन् ।