सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
मनोनित हुनेहरुमा किरण यादव महोत्तरी, राधा घले काठमाडौं, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ्ग रुक्मीणी कोइराला मोरङ्ग कल्याणी रिजाल काठमाडौं, गोमा भट्टराई झापा गंगा शाही रुपन्देही लक्ष्मी खतिवडा सुनसरी, र सीता देवकोटा नवलपुर रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।