काठमाडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखा माथि कव भागमा रबरको गोली अड्किएको छ । मंगलबार दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा बीच तनाव थियो । तनावकै बीच डेढ सय भन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।