काठमाडौँ महानगरले कलंकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै १५ दिनभित्र वडा नम्बर १४ मा पर्ने खसी बजार हटाउन निर्देशन दिएको हाे।
१५ दिनभित्र खसीबजार नहटाए कानुनअनुसार हटाइने चेतावनी पनि महानगरले दिएकाे छ।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने स्थानीयवासीकाे सामूहिक उजुरी आएकोले महानगरले खसीबजार खाली गर्न आदेश दिएकाे हाे।