बिहीबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मकाे लागि सरेकाे छ।
आज बिहान ९ बजे बस्ने भनि तय गरिएकाे बैठक तयारी नपुगेकाे भन्दै स्थगित गरिएकाे हाे।पार्टीका एक नेताका अनुसार आजकाे बैठकले पदाधिकारीकाे टुङ्गाे लगाउने भएकाे तर तयारी नपुगेकाे कारण अपराह्न ४ बजेका लागि सारिएको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ।
माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर हालसम्म महासचिवकाे टुङ्गाे लागेकाे छैन।
स्राेतका अनुसार आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन्।