भरतपुर । आउँदै गरेको हरितालिका तिजमा कार्यक्रम नर्गन नगराउन जिल्ला प्रशासन कार्यालय आग्रह गरेको छ । हरितापलका तिज पर्व मनाउने नाममा विभिन्न तडक भडकसहितका अत्यन्त खर्चिला कार्यक्रम नगर्न नगराउन कार्यालयका प्रमुख अस्मान तामाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा आफ्नो परम्परा सामाजिक रिति रिवाजलाई निरन्तरता दिन र संवर्धन गर्न भनीएको छ । यस्ता धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वशहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियममवली, २०३३ ले व्यवस्थित र नियमित गरेको छ । ऐन नियमको विपरित हुने गरी तिज कार्यक्रमहरु गरे गराएमा कानुन बमोजिम कारवाही कार्यालयका जनाएको छ ।