काठमान्डौ कमलपोखरीमा रहेको आइएनजी ग्रुप अन्तर्गत संचालित सबैभन्दा पुरा शैक्षिक संस्था इस्लिंगटन कलेजले AAA छात्रवृत्ति समारोह २०२२ को आयोजना गरेको छ। शुक्रबार कुमारी ब्लकमा सम्पन्न समारोहमा कलेजमा यसै शैक्षिक सत्रमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको प्राज्ञिक, अनुशासन र सहभागिताका आधारमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरुलाई आइएनजी ग्रुपका एवं कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कृत गर्नुभएको हो।
कलेजका अनुसार विद्यार्थीहरुको शैक्षिक प्राज्ञिकता, कलेजमा कक्षाकोठाको हाजिरी तथा उनीहरुको आचरणको आधारमा AAA छात्रवृत्ति आयोजना गरेको हो। उक्त छात्रवृत्ति आयोजनामा विद्यार्थीहरुलाई शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने कलेज परिवारले जनाएको छ।
यस छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना आवेदकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रक्रिया पनि निकै चुनौतिपूर्ण रहेको अनुभव उक्त छात्रवृति छनोट समितिले जनाएको छ। शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहन स्वरूप सुरु गरिएको छात्रवृत्ति आयोजनाको पुरस्कार राशि रु २ करोड रुपैयाको रहेको छ।
कुल २७८ जना आवेदक मध्ये कलेजको प्राज्ञिक छनोट समितिबाट छानिएर ६४ जना विद्यार्थीहरुले उक्त छात्रवृत्ति पाएका छन् भने समारोहमा उपस्थित अभिभावक र शिक्षकहरु सामु कलेजका अध्यक्ष सुलभ बुढाथोकीले उनीहरुलाई पुरष्कृत गर्नुभएको थियो।
यो छात्रवृत्ति कार्यक्रम छोटो समयमानै विद्यार्थीहरुका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्ने पनि कलेजले विश्वास लिएको छ। यस छात्रवृत्ति कार्यक्रमको परिकल्पना विद्यार्थीहरुलाई सक्रिय रुपले विभिन्न गतिविधिहरुमा सलंग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको र यस्ता कार्यक्रमहरुले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने पनि कलेजले जनाएको छ।
२५ वर्ष पुरा गरि २६ वर्षमा लागेको इस्लिंगटन कलेज बेलायती विश्वविद्यालय लन्डन मेट्रोपोलिटनद्वारा सम्बन्धन प्राप्त कलेज हो। नेपाली माटो सुहाउँदो सुचना प्रविधि तथा व्यवस्थापकीय क्षेत्रका जनशक्ति निर्माणमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आइरहेको कलेजका विद्यार्थीहरु अहिले सरकारी जागिर देखि अमेरिकी बैंकको विभाग प्रमुख सम्म बनिसकेका छन्।