भीमनगर । भरतपुर महानगरपालिका–२० स्थित भीमनगर माध्यमिक विद्यालयले आफ्नो ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा प्रधानाध्यापक कोमलनाथ घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन तथा विद्यालय विवरण पेश गरेका थिए ।
विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति पनि रहेको कार्यक्रममा वाग्मती प्रदेससभाकी सामानुपातिक सदस्य माया श्रेष्ठ, भरतपुर–२०का वडाअध्यक्ष मुक्तिप्रसाद घले, पुर्वविध्यार्थी समेत रहेका शिक्षाविद डा.मित्रवन्धु पौडेल, साहित्यकार तथा पत्रकार बसन्त पराजुली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ल्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन प्रकाश पौडेल माइला, संचालक समितिका पुर्व अध्यक्ष श्रीलाल अधिकारी,सदस्य रञ्जना शर्मा,शिक्षक प्रतिनिधी शुरेस घिमिरे एवम शिक्षकहरु नवराज रेग्मी,श्यामराज लामिछाने,सुरक्षा घिमिरे,पुरूषोतम अर्याल,आशा अधिकारी, हेमराज पौडेल लगायतका शिक्षकहरु सम्मानित भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेससभा सदस्य माया श्रेष्ठ, भरतपुर–२०का वडाअध्यक्ष मुक्तिप्रसाद घले, अक्षयकोष सौजन्यकर्ता षडानन्द लामिछाने, कुमारी शिला कंडेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरु, पूर्वशिक्षक लगायतको सक्रियतामा स्थापना गरिएको अक्षयकोषबाट गरिब, द्वन्द्वपीडित जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।