माडी। माडी नगरपालिकाको आयोजनामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता बुधवार बसन्तपुरबजार स्थित खुल्लाचौरमा सुरू भएको छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले (सटपुट) छेलो फालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी हुन।
उक्त अवसरमा बोल्दैनगरप्रमुख महतोले विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्याउने बताइन।उनले माडी नगरपालिकाको शिक्षा संगै खेलकुदको विकासलाई संगै अघि बढाउने लक्ष्यलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले थप टेवा पुर्याएको बताइन ।
माघ २० गते सम्म संचालन हुन प्रतियोगितामा माडीका ८ सामुदायिक तथा २ संस्थागत विद्यालय हरि १० वटा विद्यालयले सहभागिता जनाएका छन् । पालिकास्तरबाट छनौट भएका खेलाडीहरु जिल्ला,प्रदेश हुँदै केन्द्र स्तरीय प्रतियोगितामा सहभागीताका लागि चयन हुने छन् ।
कार्यक्रममा माडी नगरपालिकाका नगर उप प्रमुख खेमप्रसाद महतो,प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल,नगर प्रवक्ता दण्डपाणी पौडेल,सामाजिक बिकास अधिकृत दिपेन्द्रराज पौडेल,युवा,खेलकुद तथा सांस्कृतिक समितिका संयोजक पुरन महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय तहमा अध्ययनरत १८ बर्ष मुनीका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा मार्शन आर्ट्स र एथलेटिक्स समूहका खेलहरुमा स्पर्धा सुरु भएको हो ।