शारदानगर । शारदानगर जेसिजको २३ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।जेसिज बर्ष २०२३ का लागी निर्वाचित लक्ष्मीप्रसाद सापकोटालाई बर्ष २०२२ की अध्यक्ष मसिना गुरूङले एक कार्यक्रमका बिच पदहस्तान्तरण गरेकी हुन।
शारदानगरमा आयोजीत पदस्थापन कार्यक्रममा बोल्दै बागमती प्रदेश ;भा ;दःय उत्तम जोशीले लोकतन्त्रको रक्षाको लागी दलहरुले बिधि र पद्धतिलाई आत्मसाथ गर्नुपर्ने बताए ।उनले राजनितीक दलहरुले जेसिजको जस्तो विधि र पद्धतिलाई इमान्दारी पुर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाली समाजमा लोकतन्त्रको सही रुपमा प्रयोग गर्न, लोकतान्त्रिक पद्धतिको निमार्ण गर्नको लागी जेसिजको जस्तो व्यक्तिको शासन नभई समाजमा बिधिको शासन निमार्ण गर्नुपर्ने बताए ।
नेपालको राजनितिक दलका संयन्त्रले समाजमा सहि अर्थमा लोकतान्त्रिकरण गर्न नसक्दा लोकतन्त्र प्रति बितृष्णा जागेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य गिता गुरूङले मुलुकका युवा जनशतिलाई उत्पादनमा लगानउन सके रोजगारीका नाममा युवाहरु बिदेश पलायन हुने परिपाटी रोक्न सकिने बताइन। नेपालका बिभिन्न राजनितीक दलहरुले आफ्नो दलिय स्वार्थ परिपुर्तिका लागी युवाहरु संगठित गरेको बताउदै दलहरुले युवा लक्षीत कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिइन ।
यस्तै वाग्मती प्रदेश सभा सदस्य माया श्रेष्ठले समाजसेवा, सामाजीक मनोविज्ञान निमार्ण र समाजलाइ लोकतान्त्रिकरण गर्नको लागी नेपाल जेसिज जसरी अन्य सस्थाहरु पनि प्रतिबद्ध हुनु पर्ने उल्लेख गरीन ।
कार्यक्रममा नेपाल जेसिज वर्ष २०२३ का राष्ट्रिय कानुनी सल्लाहकार अशोक कोइराला,नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल,नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय महासचिव कृष्ण सापकोटा, भरतपुर–१९ का जन प्रतिनिधि खडकबहादुर पाख्रीन लगायतले शुभकामना दिएका थिए ।
उक्त अवसरमा बागमति प्रदेश सभा सदस्यद्वय गिता गुरुङ र माया श्रेष्ठ, समाजसेवी रेशमराज गुरुङ, सहकारी बैंक लिमिटेड संचालक समितिकासदस्य तारा गुरुङ, नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष हरिराज अर्याल र ललितकला मार्फत समाजमा महत्वपूर्ण टेवा पुर्याएका तमबहादुर पुनलाई सम्मान गरिएको थियो।