दिव्यनगर । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट हुने विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले भरतपुर महानगरपालिका वडा नं. २६ मा वडा स्तरिय विपद तथा जलवायु अनुकुलन योजना तर्जुमा सम्वन्धी वडा एक दिने गोष्टी सम्पन्न भएको छ।
अर्न्तदेशीय बाढी उत्थानशिल परियोजना दक्षिण एसिया अर्न्तगत लुथरन वर्ड फेडरेसन सहयोग र मेड नेपालको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
भरतपुर २६ का ६० जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजरीकरण विपद व्यवस्थापन तथा जलवायु परिवर्तन विज्ञ रामकुमार दाहालले गरेका थिए ।
वडाध्यक्ष ज्ञानप्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा जलवायु परिवर्तन, जलवायु परिवर्तनले पारेको असर, असर पार्ने क्षेत्र, कार्वन व्यवस्थापन रणनीति र अभ्यास, जलवायु परिवर्तन संवेदनसिलता जोखिम, जलवायु परिवर्तन अनुकुलन, जलवायु परिवर्तन अनुकुलनका उपाय लगायत को बारेमा छलफल भएको थियो ।
कार्यक्रममा मेड नेपालका कार्यकारी निर्देषक मिनराज भण्डारी,अर्न्तदेशीय बाढी उत्थानशिल परियोजना प्रमुख रमिला महतो वडा नं. २६ कि वडासदस्य सावित्री कोइराला र वडासचिव रामकृष्ण ढकालले मन्तव्य व्यक्त गरेका थिए।

