रुकुम पुर्व, २०७९ फागुन १ सोमबार :रुकुम पुर्वका एक बृद्दाले सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ता नलिने बताएका छन । विहेनै नगरेका ७७ बर्षिय कलिराम घर्ती ( जिम्दारे ) ले जेष्ठ नागरिक भत्ता अहिलेसम्म आफुले नलिएको उनको दाबी रहेको छ ।
रुकुम पुर्वको सिस्ने गाउँपालीका वडा नम्बर ४ मा घर भएका अविभाहित ७७ बर्षिय कलिराम घर्तीलाई तपाईं ले किन जेष्ठ नागरिक भत्ता नलिनुभएको हो भन्ने प्रश्नमा उनले भने नेपाल आफैमा गरिब छ बिदेशीहरुबाट ऋण लिएर कर्मचारी पाल्ने देशले फेरि भत्ताको नाममा राजनीति गर्ने नेताहरुले देशलाई कङ्गाल बनाएको र यसको भार अब आउने पुस्तालाई थपिने हुदा आफुले जेष्ठ नागरिक भत्ता नलिने अठोट गरेको उनले बताएका छन ।
खासै बोल्न नमान्ने उनी आफैमा सम्पन्न वर्गका भने होईनन विहेनै नगरी बसेकाले उनलाई गाउँलेहरुले जिम्दारे उपनाम ले बोलाउने गर्छन सानैदेखि खेतीपाती र गाईबस्तु पाल्दै रमाउने घर्ती विगत १ बर्ष एता भने नत खेती लगाउछन नत गाई बस्तु नै पाल्छन कारण हो बुढेसकाललाग्नु ।
उनी बिरामी हुदा भने उन्लाई स्याहारसुसार गर्ने घर्मा कोहि पनि छैन । उनी कहिले आफ्नो घर कहिले आफन्त तथा छिमेकीको घरमा जिवन कटाईरहेका छन तर पनि सरकारले दिने जेष्ठ नागरिक भत्ता नलिने उनको अठोट ले सबैलाई देशप्रतिको माया र देशको बारेमा गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

