गुञ्जनगर । भरतपुर–१८को गुञ्जनगरमा सम्पन्न पश्चिम चितवन स्तरीय अन्तरर्मिहला समूह हाजिरी जवाफमा प्रतियोगितामो चन्द्रज्योति महिला समुह प्रथम भएको छ।
भरतपुर–१८ मा रहेको परमानन्द स्मृति वैदिक गुरूकुलले आफ्नो २५औँ वार्षि कोत्सवको अवसर पारेर अन्तरर्मिहला समूह हाजिरी जवाफमा प्रतियो गिता अयोजना गरेको हो।
प्रतियोगितामा दोश्रो स्थान भरतपुर–१८ को शान्ति आमा समुहले प्राप्त गरेको छ भने तृतिय हुन भरतपुर–१८ कै समाजसेवी आमा समुह सफल भएको छ।
प्रथम हुन सफल समुहलाइ रू.२ हजार दोश्रोलाइ १५ सय र तेश्रो हुनेलाइ रू.१ हजार पुरस्कार रहेको प्राचार्य ज्ञानप्रसाद भूर्तेलले बताए ।
वार्षिकोत्सवको अवसरमा भरतपुर महानगरीय गुरूकुलका छात्रहरुबीच खेल प्रतियोगिता, अखण्ड कीर्तन प्रतियोगिता एवम् छात्रहरुको कला प्रस्तुति, विभिन्न प्रतियोगीहरुलाई पुरस्कार वितरण, दाता सम्मान आदि कार्यक्रमहरु रहेको प्राचार्य भूर्तेलले बताए ।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा ५० जना विद्यार्थीले हिन्दुधर्म अनुसार कर्मकाण्डदेखि वेद, संस्कृतका साथै अन्य विषयहरु १० कक्षासम्म मात्र पढदै आएका छन । 

