चितवन : नेपाल औषधी लिमिटेडका पूर्वमहापबन्धक डा रोभस कुसुम सुवेदी पेशाले एक औधोगिक फर्माशिष्ट हुन । कोरियाको चोसुन विश्वविद्यालयबाट फिजिकल फार्मेसीमा विद्यावारिधि गरेका सुवेदी एक कुशल व्यवस्थापक समेत हुन् । सोही काउण नै लामो समय बन्द भएको लिमिटेडलाई पुर्नजिवन दिएर यसका उत्पादनहरु बजारमा ल्याउन सफल भए । । वि स २०६७ सालमा विश्व स्वास्थ्य संगठनले जि एम पि अनिवार्य गरेपछि सो अनुरुपको मापदण्ड पुरा गर्न नसक्दा लिमिटेड बन्द भएको थियो । । वि स २०७३ सालमा लोकसेवाआयोगद्धारा नेपाल औषधी लिमिटेडको महानिर्देशक पदका लागी गरेको खुल्ला प्रतिस्पर्धाबाट छनोट भई कार्यभार सम्हाले । बन्द भएको ७ बर्षपछि पूर्नस्थापना भएको कम्पनीलाई विविध नितीगत एवम प्रशासनिक समस्याका बाबजुत पनि सुवेदीले आपनो कामलाई अघि बढाए ।
औषधी लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी समाल्नु अघि उनी भेगा फर्मास्यिुटिकलमा फ्याक्ट्री डाईरक्टर थिए । जिर्ण अवस्थामा रहेको कम्पनिबाट उत्पादन सुरु गर्नु निकै चुनौतिपूर्ण थियो । मन्त्रालयबाट समयमा बजेट निकाशा नहुने, आवश्यक रकम भन्दा कम रकम निकाशा हुने समस्था थिए । एकातर्फ जी एम पी को मापदण्डमा पुरा गर्नुपर्ने त थियो नै भने अर्कोतर्फ कर्मचारी, कच्चापदार्थ, पुर्वाधारका व्यवस्थागरि निजी क्षेत्रसंग प्रतिस्पर्धामा लानुपर्ने थियो । आफुमा आएको जिम्मेवारीलाई हरहालतमा पुरा गरि छाड्ने स्वाभावका सुवेदी विविध समस्याका बाबजुत पनि यसवाट विचलित नभई निरन्तर काममा खटिइरहे । यी सवै चुनौतीसँग समाना गर्दै बन्द भएको ७ बर्षपछि लिमिटेडले आपनो उत्पादन सुरु गर्न सफल भयो ।
फार्मेसी अध्ययन र अनुसन्धान
स्कुल जीवनदेखि नै पढाईमा अब्वल रहँदै आएका रोभसले प्लसटु पछि फार्मेसी पढ्ने निधो गरे । आई ए सी पछि आफुलाई धेरै विकल्पहरु हुँदाहुँदै पनि उनले फार्मेसी नै रोजे। केमेस्ट्री उनको रोजाईको विषय थियो। काठमाडौं विश्वविद्यालयबाट सन् २००१ मा वि फर्मा उर्तिण गरेका सुवेदीले सन् २००३ मा औद्योगिक फार्मेसीमा स्नातकोत्तर गरे । आफ्नो दक्षतालाई अझ निखार्न कोरियाको चोसुन विश्वविद्यालयबाट फिजिकल फार्मेसीमा विध्यावारिधि गरे अनि १ वर्ष सोही विश्वविद्यालयमा पोष्ट डक्टरल रिर्सर्चर भएर काम गरे। उनले चाहेको भए त्यहीनै आफ्नो क्यारियर सुरु गर्न सक्थे, तर नेपालको औषधी क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने लागेर उनी नेपाल फर्के । सन् २००६ देखि २०११ सम्म चोसुन विश्वविद्यालयमा अनुसन्धानमा विताएका रोभस नेपाल फर्किएपछि देउराली जनता फर्मास्यिुटिकलबाट आफ्नो व्यवशाहिक जीवन सुरु गरे । त्यहाँ रिसर्च एण्ड डिभलवमेन्ट विभागमा डिपुटी म्यानेजर भएर काम गरे । लगनशील र इमान्दार स्वभावका रोभसलाई देउराली जनता फर्मास्यिुटिकल मा काम गरेको छोटो समयमै भेगा फर्मास्यिुटिकल मा प्याक्ट्री डाइरेक्टरको जिम्मेवारी आयो । यो उनको लागि निकै ठुलो अवसर त थियो नै साथै चुनौती समेत । तर व्यवस्थापनले उनको क्षमता, कार्यकुशलता र सीपको सहि आँकलन गरेर नै यो जिम्मेवारी दिएको थियो। भेगामा जिम्मेवारी सम्हालेको छोटो समयमै नतिजामुलक परिवर्तनहरु देखिन थाले। सन २०१३ देखी नेपाल औषधी लिमिटेडको महानिर्देशकमा नियुत्त नहुदासम्म उनले भेगा फर्मास्यिुटिकमा कार्यभार सम्हाली कुशल व्यवस्थापकिय क्षमता देखाएका छन् । ४ बर्ष उनले नेतृत्व गरेको भेगाको आज अरबौँको बजार छ । हाल मीरा बायोटेकका टेक्निकल डाइरेक्टर रहका उनी विभिन्न खोज अनुसन्धानमा समेत केन्द्रित छन् । तीन भन्दा बढी पुस्तक लेखिसकेका सुवेदीका रिसर्ज आर्टिकल विभिन्न अन्तराष्टिय जर्नलमा प्रकाशित छन् ।
एन पी ए मा उम्मेद्धारी
यहि फागुन २० गते हुन गइरहेको नेपाल फर्मास्यिुटिक एसोसिएसनको चुनावमा उनी अध्यक्ष पदमा उम्मेद्धारी दिएका छन् । यसो त उनी फर्मास्यिुटिकल क्षेत्रमा नौलो नाम भने होइन । यस अघि पनि उनले उम्मेद्धारी दिएका थिए । त्यस समय उनी धैरैका लागी नयाँ थिए। जब उनले नेपाल औषधी लिमिटेडमा आपनो कुशल व्वस्थापकिय क्षमता देखाए अनि उनको चर्चा हुन थाल्यो । हाल उनी फर्मास्यिुटिकल क्षेत्रमा लोकप्रिय र परिचित भइसकेका छन् यसैले यसपटकको चुनावमा आप्नो जित सुनिश्चित जस्तै भएको बताउछन् ।
‘नेपाल फार्मास्युटिकल्स एसोेसिएसन (एनपीए) पुरानो संस्था हो। सबै फार्मासिस्टहरुलाई समेटेर, समावेशी भएर अघि बढ्ने फार्मेसी पेशाका मुद्दाहरु उठान गर्ने, सुधार गर्ने अवधारणाका साथ यो संस्थाको स्थापना भएको हो। तर संस्था क्रियाशील र एकजुट हुन सकेन। छुट्टै संस्थाहरु खुल्ने क्रम भयो। मुख्य संस्था क्रियाशील नहुँदा नै विभिन्न हाँगाविगाहरु पलाउन थाले। मुख्य संस्था क्रियाशील नहुँदा नै फार्मेसी पेशा र फार्मासिस्टहरुको एकजुट आवाज उठ्न सकेन। एकजुट हुन नसक्दा नै सुधार हुनुपर्ने पक्षहरुको सुधार हुन सकेन। औषधि र फार्मेसीको क्षेत्रमा हुनुपर्ने नीतिगत सुधार पनि हुन सकेन। यी विषयहरु प्रदेश र स्थानीय तहमा उठ्नुपर्ने बेलामा केन्द्रमै यो कुराहरु स्पष्ट भइरहेको छैन।’ उनले भने |
‘फार्मेसी पेशामा पनि सेक्युरिटी हुन्छ। दीर्घकालीन स्थायित्व हुन्छ भन्ने जसरी यो सशक्त हुनुपर्ने थियो। त्यो नभएको अवस्थामा मैले मेरो तर्फबाट केही योगदान दिन सक्छु की भन्ने सोचाईका साथ नेतृत्वमा आउन खोजेको हुँ। औषधि उद्योग, शैक्षिक संस्था, सामुदायिक फार्मेसी यी सबै क्षेत्रमा पेशागत सुरक्षादेखि व्यावसायिकताको विकासका लागि कुनै एक निकायले पहल गर्नुपर्छ। र, त्यो पहल एनपीएले गर्नुपर्ने हो। सरोकारवाला, नियमन निकाय र सर्वसाधारणबीच एउटा पुलको काम गर्न पनि एनपीएको भूमिका छ। त्यही भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ। र, यो आवश्यकता पनि छ। संस्था धेरै लथालिङ्ग भयो अब यसलाई क्रियाशिल बनाएर अघि बढाउनुपर्छ भन्ने सुझाव आयो। म पनि एक फार्मासिस्ट भएको नाताले मैले पनि यो संस्था र फार्मेसी क्षेत्रमा योगदान गर्न सक्छु भनेर आएको हुँ। मैले कसैलाई भन्न खोजेको होइन। तर यो संस्था धेरै नै क्रियाशिल हुनुपर्ने हो भन्ने मेरो बुझाई र तर्क हो।’ उनले जोडे |
‘चुनावमा गएपछि जित हार अवश्य पनि हुन्छ। जोखिम छ। तर जोखिम छ भन्दैमा म डराए भने परिवर्तन कसरी हुन्छ। धेरै ठूला ठूला कुरा गर्दिन। तर म आएको खण्डमा यो संस्थालाई समावेशी, क्रियाशिल र भिजिबल बनाउने प्रयास रहन्छ।’
नेपालमा फार्मेसी जनशक्तिको संख्या निरन्तर बढिरहेको भएपनि त्यसअनुरुप सरकारी दरबन्दी सिर्जना नहुँदा फर्माशिष्टहरुमा निराशा छ । सरकारले उचित व्यवस्था नगर्दा यो जनशक्ति विदेश पलायन हुनुको विकल्प छैन । फार्मेशी पेशालाई सुरक्षित र मर्यादित बनाउनका साथै पेशागत सुरक्षाका लागी आफु लाग्ने बताउँछन् । न्युन तलब र सुविधामा कार्य गर्नुपर्ने अवस्था छ यसैले अस्पताल र सामुदायिक फार्मेसीमा कार्यरत व्यवशायीहरुको उत्प्रेरणा बढाउन आफु लाग्ने बताउँछन् । सबै प्रदेशमा औषधी व्यवस्था विभाग र औषधी प्रयोगशालाको क्षेत्र विकास गर्न नितीगत र कानुनी व्यवस्थाका लागि पहल गर्छु, उनले भने । आफुलाई यसपटक धेरै सिनियर फार्मेसी वुद्धिजिवीहरुको सद्भाब र शुभेच्छा समेत रहेकोले यसपटक जिन्नेमा ढुक्क रहेको बताए ।