शारदानगर । संस्थागत विद्यालय समन्वय बोर्ड (स्कोव) पश्चिम चितवनको आयोजनामा भरतपुर–१९ शारदानगरमा सम्पन्न अर्न्त विध्यालय नृत्य प्रतियोगितामा सर्वोदय ई. स्कुल शारदानगर प्रथम भएका छन् ।
यसैगरी द्वितीय सनलाइट इङ्लिस बोर्डिङ स्कुल भएको छ भने तृतीय जेनिथ इङ्लिस बोर्डिङ भएको छ। यसैगरी मदरल्यान्ड एकेडेमीले सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।
स्कोव चितवनका अध्यक्ष हर्कबहादुर चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य तथा इस्कोवका सल्लाहकार बेलबहादुर गुरूङ प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा इस्कोव अतिरिक्त क्रियाकलाप संयोजक तथा इस्कोव उपाध्यक्ष तमबहादुर पुन,सल्लाहाकारहरु नवराज भट्ट,गजेन्द्र जोसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण इस्कोव सचिव विष्णुहरि अधिकारीले गरेका थिए । इस्कोवमा आबद्ध ३२ वटा विद्यालय मध्य १५ वटा विध्यालयको प्रतियोगितामा सहभागीता रहेको थियो ।