शारदानगर । भरतपुर–१९ शारदानगर स्थित शहीद स्मारक बहुमुखी क्याम्पसमा चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी नेताहरु अनिष थापा र निश्चलकुमार चदारा र सरोज खत्री क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ ।
सो क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु,राप्रापा निकट विद्यार्थी राप्राबि संघले केही पदहरुमा खाली राखेर उमेदवारी दिएका छन भने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भने एकल प्रतिस्पर्धामा रहेको छ ।
नेपाल विद्यार्थीसंगबाट अध्यक्षमा अनिष थापा सहित सचिवमा आदित्य गुरूङ, कोषाध्यक्षमा कमला पुडासैनी र प्रत्यक्ष तर्फ सदस्यहरुमा अनिष विक सुवेक्षा पौडेल, सिम्रन राउत, मिराज तामाङ,पबिता गुरूङ चुनावी मैदानमा छन् ।नेविसंघ बाट समानुपातिक तर्फ सदस्य पदका लागि भुवन सापकोटा,अनिष पौडेल, प्रदिप ढकाल, यमनाथ रिमाल, सरोज पनेरू, निमा धिताल र रिता रोकामगर चुनावी मैदानमा छन् ।
यस्तै अखिलबाट अध्यक्षमा निश्चल कुमार चदारा सहित सचिवमा सुर्य घिमिरे र कोषाध्यक्षमा मनिता थापा र प्रत्यक्ष तर्फ सदस्य प्रेमकुमारी राना र दुर्गा थापा चुवानी मैदानमा छन् ।समानुपातिक तर्फ सदस्य पदका लागि संदिप भण्डारी र संगिता रानाभाट चुनावी मैदानमा छन् ।
यसै गरी राप्रापा निकट विद्यार्थी राप्राबि संगठनबाट अध्यक्षमा सरोज खत्री क्षेत्री सहित कोषाध्यक्षमा अञ्जु अधिकारी प्रत्यक्ष तर्फ सदस्यहरुमा सागर सुनार, गंगा श्रेष्ठ र रेश्मा रोक्का रहेका छन भने राप्राबि संगठनबाट सामानुपातिक तर्फ अश्मीता सुनार,सुजिता भट्ट,बिना परियार,शुष्मा श्रेष्ठ र अश्मिला कार्की रहेकाछन।
अध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचनबाट निर्वाचित हुने र दुई पदाधिकारी पद उपाध्यक्ष र सहसचिव समानुमातिकबाट निर्वाचित सदस्यबाट मनोनित गर्ने व्यवस्था रहेको छ । तिनै पक्षबाट विभिन्न पदमा उम्मेदवारी दिएका विद्यार्थी नेताहरु अहिले भोट माग्न विद्यार्थीहरुको घरदैलो गरिरहेका छन् ।