भरतपुर २६ मा अवस्थित आदर्श मावि भू पु विद्यार्थी मिलन समारोह सम्पन्न भएको छ। ज्ञानेस्वर सामुदायिक वन सानोगढिमा मा हिजो सम्पन्न कार्यक्रममा ५० जना भन्दा बढी पुर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संयोजन भगवान जोशी र विश्वनाथ चौधरीले गर्नुभएको थियो।
सो अवसरमा उक्त समय देखी हालसम्म बहाल शिक्षक द्वय देवकुमार बसेल र मित्रबन्धु चापागाइलाई सम्मान गरिएको थियो। पुनर्मिलनको उद्देश्य विभिन्न ठाउँमा छरिएर रहेका उक्त ब्याचका विद्यार्थीहरु बिच आपसी सद्भाव दिगो राख्ने साथै आफुले अध्ययन गरेको विद्यालय आदर्श माविको शैक्षिक उन्नयनको लागि के कसरि सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको भूतपूर्व विद्यार्थी यदुनाथ पौडेलले बताउनुभएको हो। निकट भविष्यमा एउटा भुपु विद्यार्थीको तर्फबाट एउटा कोष स्थापना गर्ने भन्ने बारेमा छलफल चलेको पौडेलले जानकारी दिनुभयो।