गाँजिपुर । चितवन–हङकङ सम्पर्क समाजले भरतपुर–१७ का विपन्न परिवारलाई घर बनाउन सहयोग गरेको छ ।
२०७२ सालको भुकम्पमा सर्वश्व गुमायर चितवन चितवन झरेर वेघर बनेका लाक्पा तामाङको परिवारलाइ समाजले जस्तापाता उपलब्ध गराएर सहयोग गरेको हो।
समाजका सचिव विष्णु ढकालले सोमबार एक कार्यक्रमका विच विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लाको साचकगढी गाँउपालिका वडा नं. ३ का लामाको ६ जनाको परीवार भुकम्पपछी चितवन छरेर आफन्तको शरणमा बसीरहेका थिए। सबैको सहयोगमा घर बन्दै गरेपनी खानेपानी तथा शौचालयको अभाव रहेको लामाले वताए।
चितवन– हङकङ समाजले शिक्षा क्षेत्र, अपाङ्गता भएका व्यक्तिलाई सहयोग, भूकम्प प्रभावितलाई राहत वितरण तथा कोरोना महामारीका बेला विपन्नलाई सहयोगलगायतका काम गर्दै आइरहेको चितवन–हङकङ सम्पर्क समाज चितवनका सचिव ढकालले जानकारी दिए ।
समाजले विनाशकारी भूकम्प प्रभावित क्षेत्र गोरखाको आरूघाटका पीडितहरुलाई राहत सामग्री वितरण गरेको थियो । करिब ५० हजार रूपैयाँबराबरकोसहयोग गरिएको सचिव ढकालले जानकारी दिए ।
यसअघिसमाजले नेपाल रेडक्रस सोसाइटी उपशाखा शारदानगरलाई एम्बुलेन्स सहयोग गरेको रेडक्रस उपशाखा कल्याणपुरमा एम्बुलेन्स खरिदका लागि रू. दस लाख सहयोग गरेको उनले वताए ।
कार्यक्रममा समाजका सल्लाहकार सोमप्रसाद भण्डारी, समाजसेवी जित बाहादुर तामाङ, कालावञ्जर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इन्द्रराज तामाङ, युवा समाजसेवी प्रसाद तामाङ,रामबाहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।