
शारदानगर । उपाधिका लागि सेन्ट्रल कलेज रामपुर रड्स र युवा तथा खेलकुद विकास समिती रत्ननगर–७ सोमबार भिड्ने भएका छन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा रत्ननगर–७ ले नगर प्रहरी भरतपुरलाई पेनाल्टीमा ५–४ गोल अन्तरले हराएर फाइनलमा पुगेको हो ।
खेलको निर्धारित समय १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट मार्फत ५–४ गोल गरि विजयी भएको हो।
खेलभरी उत्कृष्ट प्रदर्शन गरेका नगर प्रहरीका सन्जय ढकाल खेलको प्लेयर अफ दि म्यात्च चुनिन सफल रहे। च्याम्पियन कपको दोस्रो सेमिफाइनल खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व रड्सले युवा तथा खेलकुद बिकास समिती भरतपुर–१८ लाई खेलमा १–१ गोल बराबरी गरि पेनाल्टी सुटआउट मार्फत ५–४ गोल गरि विजयी भएको हो। खेलमा रड्सलाइ फाइनल पुर्याउन महत्वपूर्ण भुमिकामा रहेका गोलरक्षक सरोज तामाङ खेलको प्लेयर अफ दि म्यात्च चुनिन सफल रहे।
भरतपुर–१९ वडा कार्यालय, युवा तथा खेलकुद विकास समिति भरतपुर–१९ र शारदानगर भूपू सैनिक कल्याणकारी संस्थाको आयोजनामा सुरू भएको प्रतियोगितामा जिल्लाभित्रकै कुल १२ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५, मेडल र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको उत्कृष्ट खेलाडीले १ हजार, त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, फरवार्ड, मिडफिल्डर, प्रशिक्षक र उदयीमान खेलाडी गरी जनही ३ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

