किरणगञ्ज । भरतपुर महानगरपालिका–१९ किरणगञ्जस्थित रानीपोखरी टोल विकास संस्थाद्वारा आयोजना गरिएको बृहत् खुल्ला रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
ग्लोवल आइएमइ बैङ्क लिमिटेड ,प्रभु बैङ्क लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको सह कार्यमा सम्पन्न रक्तदान कार्यक्रममा १४ जनामहिला र ५१ जना पुरूषले रक्तदान गरेका हुन।
भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङको प्रमुख आतिथ्यता रहेको कार्य क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सहकोषाध्यक्ष चीजकुमार आले, किरणगंज अमरजंग माबिका प्रधानाध्यापक विनोद कुमार अधिकारी, पोखरा फाइनान्स लिमिटेडका शारदानगर शाखाका प्रमुख सोहन गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रानीपोखरी टोल विकास संस्थाका अध्यक्ष महेन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।