नेपाली लोक साङ्गीतिक क्षेत्रमा एक अलग पहिचान बनाउन सफल छन् गायक तथा सर्जक प्रकाश सपूत । भाइरलको बजार बाट पर रहेर उनी आफ्नो कलम चलाउने गर्छन प्रकाश , त्यसैले होला उनको हरेक गीतले समाज बोल्छ अनि यथार्थ कथा बोल्ने गरेको हुन्छ ।
प्रकाश यतिबेला नयाँ गीत ‘सकम्बरी’ युट्युबबाट सार्वजनिक गर्ने तयारीमा छन् । युट्युबको प्रकाश सपूत–टपिकमा रहेको अडियो मात्रै पनि राम्रो भ्युज पाउँदै ट्रेन्डिङमै पर्न सफल छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीवार साँझ उनको यो गीत युट्युबमा सार्वजनिक हुनेछ । यद्यपि, यो गीत युट्युबमा नआउँदै श्रोतामाझ चर्चित बनिसकेको छ । यसको अडियो मंगलवारबाट नै टिकटक र युट्युबमा छ्यापछ्यापी छन् । उक्त अडियोमा थुप्रै टिकटक बनेका छन् ।
प्रकाशले यसपटक आफ्नो गीत युट्युबमा ल्याउनुअघि डिसहोमको एपमार्फत सार्वजनिक गरेका थिए । गत मंगलबाट उनको यो गीत डिसहोमको एपमार्फत सार्वजनिक गरिएको थियो । त्यहीमार्फत अडियो डाउनलोड भएर टिकटक र युट्युबमा छ्यापछयाप्ती भएको हो ।
संगीतको व्यावसायिक विस्तारको प्रयास गरिरहेको बताउँदै यसपटक युट्युबमा भन्दा पहिले डिसहोमको एपमा गीत सार्वजनिक गरेको प्रकाशको भनाई छ ।
‘सकम्बरी’ गीतमा प्रकाशको आफ्नै शब्द, संगीत र स्वर छ । स्वरमा बर्ता गन्धर्वले पनि साथ दिएकी छिन् ।
आफ्नै कथा एवं निर्देशनमा तयार भिडियोमा उनी स्वयंमसँगै सुनिल थापा, कुसुम शर्मा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सलिक भण्डारी लगायतको अभिनय छ ।
उनले यो गीतलाई आफ्नो पागलपन भनेका छन् । गीत आज नै सार्बजनिक गरिने पनि सपूतले जनाए ।