नवबर्ष २०८० को अवसर पारेर महानगरपालिका वडा नंं २० चनाैलीबजारमा अनलाइन लेखापढी सेवा सञ्चालनमा आएको छ ।
मालपोत कार्यालयमा सेवाग्राहीलाइ सेवा उदेष्यले खोलिएको लेखापढी सेवाको भरतपुर २० का वडाध्यक्ष मुक्तिप्रसाद घलेले उदघाटन गरेका हुन।
स्थानिय युवाहरू सुदिप अधिकारी,राजु पाैडेल, दुर्गामान पाख्रीन र भोजराज दवाडीले अनलाइन लेखापढी सेवा सञ्चालनमा ल्याएका हुन । नयाँ वर्षको अवसर पारी स्वादेशमै केहि गरौ भन्ने भावनाले उत्व्यसाही युवाहरूले व्यवसाय सेवा शुरू गरेका हुन।