नेकपा माओवादी पाटीको भातृ सङगठन वाईसीएल भरतपुर महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी प्रवेश गरेका छन । विहिवार भरतपुरमा भएको रास्वपाको चुनावी सभाबाट पाटी सभापति रवि लामिछानेको हातबाट पाटीको चुनाव चिन्ह घण्टीको व्याच लगाएर श्रेष्ठ रास्वपा प्रवेश गरेका हुन । .
२०६४ सालदेखि माओवादी केन्द्रका विभिन्न तह र तप्कामा रही काम गर्दै आएका श्रेष्ठ हाल वाईसीएलको महानगर ईन्चार्ज र पाटीको जिल्ला समन्वय समितिको सदस्य रहेका थिए ।
श्रेष्ठले माओवादी पाटीले व्यवस्था परिवर्तन ग¥यो तर जनताको अवस्था परिवर्तन गर्न नसकेको वताएका छन । माओवादी पाटीले सत्तालाई केन्द्रमा राखी सीमित घेरावन्दीमा रम्दै अगाडि बढ्नु, ईमान्दार सङगठन प्रति बफदार र सक्रिय भूमिका निर्वाह गरेका कार्यकर्ताको मुल्याङकन नहुनु, पाटीले वर्तमान परिस्थितिमा नेपाली जनताको आशा र अपेक्षालाई सम्वोधन गर्न नसकेको जस्ता आरोप श्रेष्ठले लगाएका छन ।
रास्वपा प्रवेश गर्दै श्रेष्ठले राजनिति भनेको समाजसेवा जस्तै हो अब यहि पाटीमा रहेर जनताको सुख दुखमा साथ दिएर अगाडि बढ्ने बताएका छन ।