रुकुम, बैशाख १७ ः रुकुम पूर्वकाे भूमे गाउँपालिका वडा नम्बर ८ चुन्वाङमा रहेको कुचिवाङ खाेला लघु जलविद्युत सञ्चालनमा समस्या आएको छ ।
विद्युत काे नहरमा केही व्यक्तिहरुले अटेरी गरि पानी भाँचेर घट्ट चलाउने , भिमलकाे पाठ भिजाउने कार्ने गरेकाले विद्युत सञ्चालनमा समस्या हुनेगरेकाे कुचिवाङ खाेला लघु जलविद्युत उपभोक्ता समितिले बताएको छ ।
अहिले विद्युत सञ्चालनमा अबरोध आउन थाले पछि बिरामीलाई अक्सिजन लगाएको समयमा र गाउँ घरमा कार्यक्रम तथा बिहे भाेजहरुमा जुनसुकै बेला पनि सबैकाे पहिलो आवश्यक बत्ती हुने र बत्ती सञ्चालन गर्नकाे लागि पानीकाे निरन्तरता काे आवश्यक रहने भन्दै सबै स्थानीय बासिहरुमा विद्युतकाे नहरमा अबरोध नगर्न सबैमा अपिल गरिएको छ ।
विद्युतले वेला वेलामा विभिन्न सुचना मार्फत सबैलाई जानकारी गराउँदा पनि अटेरी गरेकाे भन्दै अब अटेरी गर्ने जाे काेहिलाई पनि कार्बाही गर्ने कुचिवाङ खाेला लघु जलविद्युत उपभोक्ता समितिले बताएको छ ।