निराजन सिर्पाली / रुकुम पूर्व : पुर्वको पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ मैकोटमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका प्रहरी निरीक्षक गणेश पाण्डे ,पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान बिक ,इलाका प्रहरी कार्यलय मैकोटका प्रहरी नायब निरीक्षक जयराम बुढाथोकी ,मैकोटका स्वास्थ्य ईन्चार्ज पाना पुन लगायत अन्य बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।
ईलाका प्रहरी कार्यालय भवन निर्माणका लागि ४ करोड बत्तिस लाख बजेट प्रदेश बाट छुट्टाईएको बताइएको छ । उक्त भवन निर्माणको जिम्मा बुद्ध कन्ट्रक्सन प्रालिले पाएको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष तथा प्रबक्ता टिकासाई घर्ति ले बताउनुभएको छ ।
समय अवधी १८ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बुद्ध कन्ट्रक्सन प्रालिका सञ्चालक बिरेन्द्र बुढा मगरले जानकारी दिनुभएको छ ।