काठमान्डौ, बैशाख २० : करिब ३ वर्षदेखि चलिरहेको प्रेम सम्बन्धलाई लोकप्रिय मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलले विवाहमा परिणत गरेका छन् । एक अर्काको परिवार, आफन्त तथा नजिकका साथिभाईका बिच आज बैशाख २० गते धुमधामका साथ यी दुइ विवाह बन्धनमा बाँधिएका हुन् ।
आज उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा सम्पन्न भएको छ । युट्युबमा लोकप्रिय भएको सिरिज ‘आजकालको लभ’ बाट परिचित भएकी रियाशा पछिल्लो समयकी ब्यस्त र लोकप्रिय कलाकारमा पर्छिन् भने पौडेल नेपालको चर्चित फेसबुक पेज ९ रुटिन अफ नेपाल बन्द तथा DRS गेमिंग का संचालक हुन् । दाहाल र पौडेलको प्रेम सम्बन्ध ३ वर्षको देखि रहेपनि अहिलेसम्म गुपचुप नै थियो ।