बाग्लुङ्ग, बैशाख २३ : गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी पुनः मिलन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै संविधान सभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुनले शिक्षा सबैभन्दा ठुलाे रहेकाे भन्दै शिक्षा विना कुनैपनि कार्यकाम संगै रहेक क्षेत्रमा शिक्षानै अगाडि आउने हुदा त्यसैले शिक्षाकाे ज्ञान विना अन्दकार हुने बताउदै यस्तकाे महानकार्यकाे लागि विशेष धन्यवाद संगै दिर्गायुकाे उत्ताेरउत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्नु भएको थियाे ।
त्यस्तै जन्मदिनकाे अवसरमा बाबा हरिलाल पुनकाे नाममा दुई छाेरा मिनबहादुर बालसिह पुनले छात्रवृत्तिकाे लागि रु. एक लाख ८४ रुपैया अक्षयकोष स्थापना गर्नु भएको छ। कार्यक्रममा संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुन, पाण्डबखानी समाज काठमाडौंका अध्यक्ष क्याप्टेन शेरबहादुर पुन, पाण्डबखानी बेलायतका प्रतिनिधि प्रेम श्रीस, पाण्डबखानी समाज हङकङका काेषाध्यक्ष शिव श्रीस, व्यवस्थापन समितिका पुर्व अध्यक्ष मानसिह छन्त्याल, गलकाेट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर वि.क नगर कार्यपालिका सदस्य रामप्रसाद वि.क भुतपुर्व शैनिक संघ पाण्डबखानीका अध्यक्ष चन्द्रलाल काउचा लगाएत पुर्व विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। भने कार्यक्रमकाे संचालन विद्यालयका प्राचार्य नवीन भावुकले गर्नु भएको थियाे।