नगरपालिका वडा नम्वर ११ रिघामा अवस्थित उदय रिघा बुद्ध विहारको उद्घाटन गरिएको छ ।
विहारको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस गुम्बा पर्यटकीय क्षेत्र भएकोले यसको विकासको लागि गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
उहाँले यस गुम्बाको स्थानिय मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरीकाले योजनाहरु अगाडि ल्याउने बताउनुभएको थियो । त्यस्तै पाण्डेले खाडिमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङ मार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रहरुमा गण्डकी प्रदेशले निशुल्क विद्युत्को व्यवस्था गर्ने समेत बताउनुभएको थियो ।
उक्त गुम्बा संघ सरकार, प्रदेश सरकार, स्थानिय सरकार र वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुको सहयोगमा संकलित ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, संविधान सभा सदस्य नर बहादुर पुन निरज, गण्डकी प्रदेश सांसद् जित शेरचन, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निरांकरले शुभकामना मन्तव्य राख्दै उक्त उदय रिघा बुद्ध विहार भिक्षुहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम गुम्बा निर्माण समितीका अध्यक्ष शेर बहादुर घर्तीको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका वडा अध्यक्ष डम्मर बहादुर श्रीसको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो