चितवन । चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
आजै नियुक्त भएर सपथ ग्रहण गरेपछि जोशी गृहजिल्ला चितवन आएर विपी कोइराला क्यान्सर अस्पतालमा अवस्थित विपिको शालिकमा माल्यार्पण गर्नुभएको थियो । स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् ।
स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो ।
मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम कम गर्न यस्तो निर्णय गरेको बताउनुभयो । आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्ने उहाँको भनाइ छ ।
यस्तै स्वास्थ्य मन्त्री नियुक्त भएपछि उहाँले चितवन आएर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपि कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । जोशी आइतबार कांग्रेसबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।