रामपुर । भरतपुर–१९ स्थित सेन्ट्रल कलेज रामपुर फुटबल क्लव (रड्स) एकपछी अर्को सफलता चुम्दै गएको छ।
आफ्नो छुट्टै पहिचान बनाउन सफल रड्सले पछिल्लो समय थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रीय आमन्त्रण गोल्डकपहरुको उपाधी उचाल्न सफल भएको हो।
लमजुङ जिल्लाको ३०औं संस्करणको त्रीवेणी कप, २४ औं अन्तरास्ट्रिय आमन्त्रण माडी गोल्डकप, प्रथम बखान च्याम्पियन कप, प्रथम रत्ननगर कप लगायत घरेलु महत्वपूर्ण प्रतीयोगिताको उपाधी उचाल्न सफल क्लब पाल्पा गोल्डकपमा पनी सहभागी जनाएको रड्सका उपाध्यक्ष तथा टिम प्रशिक्षका सिंहराज लामा वताउछन।
पाल्पा जिल्ला फुटबल संघको आयोजनामा तानसेन बजारको टुँडिखेल मैदानमा गणतन्त्र दिवसको अवसर पारी हुने कर्णेल उजिर सिंह पाल्पा गोल्डकपमाभारतीय फुटबल टोलि सहित कुल १२ टिमको सहभागी रहेको छ। सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), सेन्ट्रल कलेज रामपुर एफसी (रड्स) भरतपुर–१९चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् ।
समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् ।
समूह ‘ए’ मा सेन्ट्रल कलेज रामपुर रड्स र गार्डेन पोखरा बीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।प्रतियोगिताको समापन जेठ २७ मा हुनेछ । विजेताले ३ लाख र दोस्रोले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर राणाले बताए । म्यान अफ द म्याचले ३ हजार पाउनेछन् । विधागत उत्कृष्टले जनही ६ हजार पाउनेछन्।
राष्ट्रिय युवासंघ नेपालको ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले प्रतियोगिता आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा रोयल जीमलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै रामपुर रड्सले जितेको थियो ।
रामपुरका सन्तबहादुर गुरुङले निर्णायक गोल गरेका थिए । उपाधि जितेको रामपुरले २ लाख २२ हजार २ सय २२ रासीको पुरस्कार र उपविजेता बनेको रोयल जीमले १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
१६ वटा टिमको सहभागिता रहेको प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला इन्चार्ज देवी ज्ञावली,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, रत्ननगरका उपमेयर यादबप्रसाद पाठकले सयुक्त रुपमा उपाधि हस्तान्तरण गरेका थिए ।

