निराजन सिर्पाली / रुकुम पूर्व
२०८० जेठ २० गते, शनिबार
रुकुम पूर्वकाे सिस्ने गाउँपालिका वडा नम्बर २ का जयबहादुर पुन कहिले लेकमा कहिले बेसितिर त कहिले सदरमुकाम तथा आवस्यक परे जहाँ पनि जानुहुन्छ । जस्तोसुकै काम पनि गर्नु हुन्छ । उहाँ ले नजान्ने र नसिकेकाे काम सायद विरलैमात्रामा छन हाेला ।
५८ वर्षीय जय बहादुर पुन उवेला ९ कक्षा पस गरि एस एल सी काे फाेम भरेर परिक्षा नदिनुभएका उहाँ उपेशाले अहिले सामान्य कृषक हुनुहुन्छ । उहाँ अघिल्लो पटक तथा संविधानले परिकल्पना गरेको गाउँ गाउँमा सिंह दरबार गणतन्त्रात्मक संघिय संरचनाकाे पहिलो अभ्यास स्थानीय तह तथा वडा सरकारकाे संस्थापक वडा सदस्य पनि हुनुहुन्छ । उहाँ १० वर्षीय जनयुद्धमा पनि घर परिवार नै छाडेर युद्धमा हुमिएकाे एक योद्धा पनि हुनुहुन्छ ।
उहाँका जीव संघर्ष तथा जीवनमा भाेगेका वास्तविक कथा हरु लाई काेट्याउने हाे भने सायद ठुलो किताब नै बन्छ हाेला । उहाँ एक मगरकाे छाेरा हुनुहुन्छ । तर उहाँ कहिले आरन बस्नु हुन्छ । कहिले काठ द्वारा निर्मित विभिन्न किसीमका चिनारी तथा पुरानो कला सांस्कृतिक सम्पदाहरु लाेप हुन थाले भन्दै आफ्नो सिप कला द्वारा निर्मित सामानहरु उपहारस्वरूप पाहुना तथा गाउँ घरका साथि भाईहरुलाई दिनुहुन्छ ।
काम गर्नमा जाेसिलाे उहाँ काम प्रति हिन्ता बाेध नमान्ने आवस्यक परे जुत्ता सिलाउने , घर बनाउदा काठका सबै सामान , घरको वाल ( बान्ना ) अनी कुना पनि आफै लगाउनु हुन्छ । पक्की घर बनाउन आवस्यक परे त्यहाँ पनि विम ठड्याउने पलष्टर गर्ने , घट्टका पाथर कुन्ने , खुकुरीकाे दला बनाउने , खुर्बेटा , मदाईनी, जस्ता काठ बाट बन्ने थुप्रै चिज वस्तु निर्माण गर्नुहुन्छ नयाँ साेच दिमागमा जे आउछ त्यसलाई तत्काल भौतिक रुपमानै निर्माण गर्ने नयाँ अनि अरु भन्दा अलग्गै काम उहाँ बेला बखत गरिरहनुहुन्छ । उहाँ भन्नुहुन्छ `सिप धेरै सिकियाे तर सिक्नु पनि पर्छ तर मैले एउटा सिपलाई व्यवसायक रुपमा लग्न सकेन यसाे गर्दा आफु पछि परिने रहेछ ´ ।
साथै उहाँले रुकुम पूर्वकाे भुमे गाउँ पालिका वडा नम्बर ६ युद्धको उदगम थलो महतमा युद्ध पछि शान्तिकाे प्रतिकका लागी राखिएको गौतमबुद्धकाे सालिक उहाले नै बनाउनु भएको हाे । त्यस्तै उहाँले सिस्ने गाउँ पालिका २ नम्बर वडा स्थित मान्द्रा लराउने भिरकाे चट्टानमा इन्जिनियर हरुलेपनि किलेर स्टामेट दिन नसकेको आरसिसी पुल आफ्नै डिजाइनमा तयार पारीपार्नुभएकाे छ । छिपखाेला स्थित सहिद पार्क भित्र रहेको मान्छेकाे स्तम्भ पनि उहाँकै डिजाइन मा निर्मित भएको हो ।
उहाले सिरुपाते खुकुरी , कुटाे काेदालाे , हँसिया ( आंसी ) , मुसरी लगायत फलाम द्वारा निर्मित औजारहरु आवस्यक जे पर्छ त्यसको मुर्त रुप निकालिहाल्नु हुन्छ । त्यतिमात्र हाेईन उहाले इतिहास , राजनीति ,धार्मीक कुराहरू सम्बन्धि राम्रो ज्ञान समेत उहाँ संग रहेको छ ।
तर विडम्बना केछ भने थुप्रै सीपहरु एउटै व्यक्तिमा हुदा पनि स्थानीय सरकारले पुर्खेउली सिपकलाकाे संरक्षण तथा प्रबर्द्धनका लागि कुनै याेजना बनाई अगाडि बढेको देखिदैन ।
यस्ले पुरानो पुर्खेउली सीप कलाहरु ओझेलमा त पर्छन् नै यसरी सीप कलाहरु विभिन्न ठाउँमा देखाउँदा पनि स्थानीय सरकारले प्रोत्साहान तथा ध्यान नदिदाँ पुराना सीपकला भएका व्यक्तिहरुले पनि जानेको सिपकाे उपयाेग र प्रस्तुत गर्ने वा आर्थिक नहुदा सिपकलाहरुलाई यहीँ बिट मार्नुपर्ने अवस्थाकाे सृजना भएको छ ।