भरतपुर चितवन, १९ जेष्ठ : वाल्मीकि शिक्षा सदन भरतपुर -४ चितवनमा शैक्षिकसत्र २०८० को लागि विद्यार्थी नेता- छात्र, छात्रा तथा विभिन्न सदनका नेता तथा उपनेता गरी कूल दश स्थानका लागि आज मतदान सम्पन्न भएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलापको एउटा अभिन्न पाटोको रुपमा लिइएको यस निर्वाचन कार्यक्रममा विद्यालयका विद्यार्थी (छात्र तथा छात्रा) नेताको दुई पदमा ५ जना तथा हरेक सदनको लागि २ जना नेता तथा उपनेता गरी ८ पदमा कूल २२ जना विद्यार्थीले आफ्नो उमेद्वारी दर्ता गराएका थिए ।
मतदाताको नामावली प्रकाशन, उमेद्वारी दर्ता, उमेद्वारको विरुद्धमा दावी विरोध, उमेद्वारी फिर्ता, उमेद्वारको अन्तिम नामावली प्रकाशन, चुनाव प्रचार प्रसार, मौन अवधिको पालना मतदान, मत गणना, विजयी घोषणा, पद तथा गोपनियताको सपथ ग्रहण तथा पदभार हस्तान्तरण जस्ता सम्पूर्ण कार्यविधि तय गरिएको उक्त निर्वाचन कार्यक्रम विद्यालयको अतिरिक्त क्रियालाप्को रुपमा विद्यालयको वार्षिक पात्रोमै अंकित गरी निर्वाचन प्रक्रिया जेष्ठ १४ गतेदेखि संचालन गरी १९ गते ११:३० बाट मतदान प्रक्रिया सुरु गरी ४ बजेपछि मत गणना सुरु गरिएको थियो ।
कक्षा ७ देखि १० सम्मका कूल ७१३ जना विद्यार्थीले भाग लिएको उक्त कार्यक्रममा कूल ९०.३३% अर्थात् ६४४ मत खसेको थियो ।
वार्षिक रुपमा विद्यार्थीहरुले आफ्ना नेता चयन गर्ने यो निर्वाचन कार्यक्रमलाई विद्यालय स्तरमा गरिने मतदान शिक्षाको रुपमा लिइएको र यस्तो कार्यक्रमले नानीबाबूलाई असल नेतृत्व चयन गर्ने, व्यक्तिहरूको गुण र दोष केलाउन सक्ने तथा विकल्पको छनौट गर्न सिकाउने लगायतका ज्ञान र सिप सिकाउने कुरा विद्यालय निर्वाचनका प्रमुख आयुक्त सामाजिक शिक्षा विषय एवम् परिक्षा प्रमुख के पी काफ्लेले बताउनुभयो ।
वाल्मीकि निर्वाचन २०८० मा प्रत्यक्ष, परोक्ष रुपमा सहभागिता जनाउनुहुने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार सवैलाई विद्यालयको तर्फबाट आभार तथा वधाई प्रकट गर्दै प्राचार्य प्रदिप पैडेलले कर्यक्रमक भव्य सभ्य रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।