चितवन, जेठ ३१ : नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका धरान उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय सिमसन राई अझै फेला परेका छैनन् । बेपत्ता भएको चार दिनसम्म पनि उनी फेला नपरेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जेठ २७ गते भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा राई बेपत्ता भएका हुन् । उनीसँगै पौडी खेलेका धरानकै २० वर्षीय दिवश राईलाई भने नदीमा डुब्न लागेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

