काठमाडौँ,असार १०:कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन लागेको बताएका छन् । कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नवौं अधिवेशन कार्यक्रममा आइतबार डा. कोइरालाले बोल्दै कांग्रेस छियाछिया हुन लागेको बताएका हुन् ।
उनले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए । कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको कोइरालाको भनाइ थियो । ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ, पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब बसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ, उनले भने, त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’
कांग्रेस अहिलेको अवस्थामा संवेदनशील भएर अगाडि बढ्नुपर्ने पनि कोइरालाको भनाइ थियो ।

