चित्रवन खबर संवाददाता / रूकुम पूर्व :
२०८० असार १८ गते, साेमवार
विविधताको धनि मानिने हाम्रो देश नेपाल बहुजाति, बहुभाषी, बहुधर्म र बहुसंस्कृतिले भरिएको छ ।
यहि विविधिता भित्र कला र संस्कृतिले धनि मानिने मगर समुदायहरुको सीप कलाहरुकाे पनि आफ्नै पहिचान छ । त्यति मात्र होइन आदिबासी जनजाति भित्र पर्ने मगर समुदाय ठूलो समुदायको रुपमा पनि चिरपरिचित रहेकाे छ ।
रुकुम पूर्व जिल्लाको भेडापालन र राडीपाखी बुनाईको इतिहासलाई नियालेर हेर्दा भेडापालनमा आधारित राडीपाखी बुनाई पेशा र सिप यस जिल्लाको सम्पूर्ण मगर वस्तिहरुले गर्दै आएको एक महत्वपूर्ण पेशा र सिपको रुपमा चिनिन्छ तर विडम्बना समय सान्दर्भिक उत्पादन लागत अनुसारको उचित मुल्य सहितको बजारीकरणको अभावले गर्दा यस पेशा र सिप धेरै जसो बस्तिहरुमा केहि दशक पछि लोप भएको पाइन्छ।
जतिबेला यो पुर्खेउली पेशा र सिप राडीपाखी ओझेलमा परिरहेको अबस्थामा यसलाई पुनः स्तरउन्नति गर्ने उदेश्यले यु. एम. एन र पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र, रुकुम र मेडपाको आयोजनामा १ महिले राडीपाखी विविधिकरण तालिम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ उपल्लोसेरामा समपन्न गरिएको छ ।
जसमा करिव ४० जना महिलाहरु सहभागी भएका थिएँ भने करिव १ महिनामा करिबन ६० थान जति कोष र अक्षरको डिजाइनमा डवल र सिंगल २ देखि ७ पाटेसम्मको साइजमा राडीपाखीहरु निर्माण भएका छन् । उक्ति राडि पाखिमा Welcome Taksera, East Rukum, Upplosera and I have Nepal जस्ता अक्षरमा लेखिएका राडीपाखीहरु निर्माण गरिएको छ ।
एकता कृषक महिला समूहले विभिन्न डिजाइनमा राडीपाखी निर्माण गरिरेहका छन तर अहिले पनि उनीहरुले उत्पादन र लागत अनुसारको उचित मूल्य सहितको बजारीकरण पाउन सकिरहेका छैनन । तालिममा सहभागी सुनपुरा बुढाले भन्नुभयो “आगामी दिनमा यस राडीपाखी पेशालाई पुस्तारण र रुपान्तरण गर्न हामी समूह मार्फत निरन्तर उत्पादन गर्ने छौं । दुखको कुरा हामी उत्पादन त गर्नेछौ तर अहिले पनि बजारीकरणको लागी पर्याप्त ठाउँ नहुदा चिन्तित बनेका छौ । बजारीकरणको लागी सरोकारवालाहरुवाट पहल तथा अपेक्षा गरेका छौ ।
स्थानीय सरकार तथा संघ र प्रदेश सरकारले स्थानीय उत्पादन तथा स्थानीय कच्चापदार्थ बाट बन्ने चिज बस्तु र सिप कलालाई प्राथमिकतामा राखेको भन्ने गरे पनि । स्थानीय स्तरमै उत्पादन भएका चिज वस्तुहुन वा खाद्यान्न वस्तु तथा गाउँ बस्तीहरुमा उत्पादन गरेका तरकारीले बजार नपाएका थुप्रै विगत ताजै छन ।
स्थानीय उत्पादनमूलक चिज वस्तु उत्पादन गर मात्रै भन्नु भन्दा सरकारले उत्पादन भएका चिज वस्तुहरुलाई संरक्षण तथा बजारीकरण काे ग्यारेन्टी तथा बजार व्यवस्थापनहरुलाई ध्यान दिए मात्रै स्थानीय उत्पादकत्वले प्राथमिक्ता पाउने निश्चित छ ।