निराजन सिर्पाली / रूकुम पूर्व :
२०८० असार २० गते, बुधबार
रुकुम पुर्वमा संकलन तथा प्रसोधन केन्द्र नहुदा अर्गानिक जिल्लाले चिनिने रुकुम पूर्वमा स्थानीय स्तरमा उत्पादन भएका चिज वस्तुहले बजार पाउन सकेका छैनन ।
जिल्लामा कुनै पनि संकलन तथा प्रसोधन केन्द्र नहुदा किसान तथा साना उद्योगी व्यवसायीहरुले उत्पादन गरेका चिज वस्तुहरुले बजार नपाएका हुन । जिल्लामा पछिल्लो समय उद्यमी बन्ने उदेश्यका साथ विभिन्न व्यक्ति, सान उद्योग, तथा उत्पादन र निर्माण केन्द्रहरुले स्थानीय स्रोत साधनहरुकै प्रयोग तथा जिल्लाकै पहिचान हुने खालको स्थानीय उत्पादन गरिरहेका छन ।
तर उत्पादन तथा कुनैपनि चिज वस्तु निर्माण गरिए पनि त्यो कुराको बजारीकरण गर्नको लागि हारगुहार गर्दा पनि बिक्री नहुने समस्या रहेको सिस्ने गाउँपालिका वडा नम्बर ४ का स्थानीय भक्त राज शर्माले बताउनुभएको छ । उहाँले भन्नुभयो केही समय अगाडि आफु लगायत गाउँका केही व्यक्तिहरुले लसुन उत्पादन गरेको तर सदरमुकाम रुकुमकोटमा लसुन बिक्री गर्न जाँदा कसैले आफू लगायत आफु संग लसुन लगेर गएको किसान हरु कसैको पनि लसुन बिक्री नभई लसुन घरमानै फिर्ता लगेका छौ ।
त्यस्तै अर्का स्थानीय बल राज बुढाले पनि केही वर्ष अगाडि केवी खेतीगरे मनज्ञा आमदानी हुने कुरा सुन्नुभयो र केवी खरिद गरी लगाउनु भयो र २/३ वर्ष पछि केवी राम्रो संग फल्यो अघिल्लो वर्ष केवी बेच्न भनी उहाँ पनि सदरमुकाम रुकुम कोट केवी डोकाममा बोकेर लग्नुभयो तर केवी कसैले राखेनन उहाले पनि केवी घरमै फर्काएर लग्नु पर्याे । उहाँ भन्नुहुन्छ । केवी बिक्री नै नहुने फल पनि होइन तर यो स्थानीय किसानले उत्पादन गरेको हुदा बजारमा खासै चासो तथा महत्त्व हुदैन बरु भारत बाट आएका स्याउ, टमाटर देखि लिएर सबै कुरा बाहिरकै कुराले बजार तथा भाउ पाउछ ।
हामीले केवीको महत्त्व केहो बुझाउन सकेनौं वा बुझेर बुज पचाउछौ । केवी बिक्री नभएर सुरुमै घर फर्काउनु पर्याे अनी केवी खेती गर्ने जाँगर पनि मर्दै गयो ।
जिलाको विभिन्न ठाउँहरुमा केवी लगाइएको छ । केवी कतिपय ठाउँ हरुमा फल्ने क्रममा छ भने कतिपय ठाउँहरुमा त फलिपनि सकेको छ । तर यसको बजार कहाँ हो । यसको भाउ केहो । आफुहरुको लगानी उठ्छकी उठ्दैन भन्ने बरेमा किसान हरु अल्मलमा परेका छन ।
त्यस्तै जिल्लामा स्थानीय स्रोत साधनहरु बाटै बनेका थुप्रै राडिपाखी , अल्लो बाट निर्मीत अल्लोका कपडाहरु पनि उत्पादन भएका छन तर बजारीकरण मा भने उही समस्या रहेको छ । यसलाई कसरी स्थानीय उत्पादनलाई ब्रान्ड गर्ने भन्ने कुरा त परै छ । यो उत्पादन स्थानीय मौलिकता, कला भाषा र सांस्कृतिक रुप संगै जिलाको पहिचान जोडिएको कुरा लाई समेत व्यवस्था गरीएको छ ।
रुकुम पूर्व जिल्ला लाई अर्गानिक जिल्ला घोषना पनि गरिएको छ तर जिल्लामा भने अर्गानिक उत्पादकत्वको नत बजार पाइन्छ नत अर्गानिक चिजवस्तु ।
भुमे गाउँपालिको खाबाँङबगरमा सञ्चालित मारीङ सहकारीले जिल्लाको केही क्षेत्रलाई संकलन तथा प्रसोधन गर्नेगरेको भएपनि जिल्लाभरका स्थानिय उत्पादन भएका चिज वस्तुहरुलाई भने संकलन तथा प्रसोधन गर्न सकेको अबस्था भने छैन ।
उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केविन्द्र गौतमले भने जिल्लामा स्थानीय उत्पादकत्व चिज वस्तुलाई संकलन तथा प्रसोधन गर्ने केन्द्रको स्थापना नहुन्जेलसम्म यो समस्याको हल नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो अहिले जिल्लामा जडिबुटी तथा विभिन्न किसिमका बिरुवा उत्पादन भएको छन तर विरुवा बिक्री नभएर बिरुवा ठुला ठुलाभई सार्ननै नमिल्ने भएका छन ।
त्यस्तै जिल्लामा लसुन,अदुवा,प्याज,बन्दा गोपी,टमाटर लगायतका थुप्रै चिज वस्तुहरु उत्पादन भएको र उचित तथा गुणस्तर भाउ नपाइरहेको बताउनुभएको छ । आफु उद्योग वाणिाज्य संघको अध्यक्ष भएका कारण आफुले स्थानीय उत्पादन को संकलन तथा प्रसोधन केन्द्रको लागि पहल गर्ने र यसमा सबैले साथ दिनुपर्ने बताउनुभएको छ ।
जिल्लालाई अहिले अर्गानिक जिल्ला भनेर चिनाउन खोज्दा आफैमा प्रश्न उठ्ने विज्ञहरू भनाइ रहेको छ । सबैले कुरामात्र गर्ने तर सुष्म तरीकाले के गर्दा स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रोत्साहन गर्न सकिन्छ भन्ने कुरामा कसैले ध्यान नदिदा यस्तो समस्या आएको विज्ञहरूको भनाइ रहेको छ ।