अन्नपूर्ण बहुद्देश्यीय सहकारीको ३१ औँ साधारण सभा सम्पन्न
मिलनचोक । भरतपुर–२६ मिलनचोकस्थित अन्नपूर्ण बहुद्देश्यीय सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भरतपुर–१८ मिलनचोकस्थित मिलन क्लबको भवनमा शनिबार साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख तथा भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले सहकारिताका माध्ययमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्दै आएकोले देशको अर्थतन्त्रमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
सहकारीले बैंकको पहुँच बाहिर रहेको निम्न र मध्ययमबर्गीयको उत्थानको लागि महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि खनालले बताए ।
कार्यक्रममा संस्थाका सचिव प्रमोद अधिकारीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सदस्य तिलकुमार श्रेष्ठले संस्थाको लेखा प्रतिवेदनका साथै ऋण समितिका पूर्व संयोजक वेदप्रसाद रेग्मीले आर्थिक वर्ष ०८०÷८१को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष बिष्णुदत्त घिमिरेको सभापतित्वमा सम्पन्न सभामा भरतपुर–१८ की वडासदस्य लक्ष्मी अधिकारी,पुर्वअध्यक्षहरू कुलप्रसाद खनाल, कृष्ण प्रसाद लामिछाने, जिल्ला सहकारी संघ चितवनका सचिव तुलसीप्रसाद घिमिरे,भरतपुर महानगरपालिकाका लेखा अधिकृत फडिन्द्र खनाल, शेयर सदस्य भगवती सापकोटा,संस्थाका सल्लाहकारहरू ओमप्रसाद लामिछाने र रामनाथ घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।