बागलुङ । जिल्लाकाे बडिगाड गाँउपालिकाको एक घरमा गएराति चोरी भएको छ ।
गाँउपालिकाको वडा नंं. ३ सिसाखानीमा गयराती सुनका गहनासंगै नगद १० हजार रुपैयाँ चोरी गरेको वडाध्यक्ष खड्क पुनले जानकारी दिनुभयाे । बडिगाड गाँउपालिका ३ कि नानु पुनको घरमा गएराति चोरी भएको पुनले बताउनुभयाे ।
घरमा एक्लै बस्दै आएकि ८२ वर्षिय नानुको घरमा राति चोरी भएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।