चितवन, भदौं १० : सामाजिक सञ्जालमार्फत् चितवनकी पूर्णिमाया गुरुङलाई अपमान गर्ने पूर्वसचिव भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न चितवनका गुरुङ समुदायले माग गरेका छन् ।
गुरुङ समुदायका दुई संस्था तमू हूाल छोज जी गुरुङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले आज एक विज्ञप्ति प्रेषित गर्दे कारबाहीको माग गरेका हुन् ।
विज्ञप्तिमा परम्परागत, खानपान, धर्म र संस्कृतिलाई समेत आँच पुग्ने गरी गुरुङको जातीय स्वाभिमानमा ठेस पु¥याएर भीम उपाध्याय र सन्तोष रिजालले सामाजिक सञ्जालबाट अपमानित गर्ने काम गरेको उल्लेख छ । भरतपुर –१६ की पूर्णिमाया गुरुङको आफन्तको पास्नी भोजमा गुरुङ संस्कार बमोजिम मावलीप्रति गरिने ठट्यौली सम्मान स्वरुप भोजन ग्रहण गरेका भिडियोलाई टिकटकबाट डाउनलोड गरी ‘ गोरुखाने धराने ’ भनेर घृणा र द्वेष फैलाउने कार्य गरेकामा परिषद् र संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ पूर्णिमाया गुरुङको व्यक्तिगत चरित्र हत्या गर्नुको साथै समग्र तमु जातिको संस्कृतिप्रति लक्षित गरी घृणा र द्वेष फैलने गरी आफ्नो फेसबुक पेजमा प्रकाशन गरेकोले सामाजिक एकतामा खलल पु¥याउने, जातीय संस्कार र संस्कृतिप्रति आँच पु¥याउने कार्यको हामी घोर भत्र्सना गर्दछौं । ’
विज्ञप्तिमा यी कार्यमा संलग्न भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । पक्राउ नगरे विरोधका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।