१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत सरकारलाई चोर भन्दै आक्रोस पोखेका छन् । त्यतिमात्र होइन उनले सिंहदरवारमा आगो लगाइदिने अमर्यादित चेतावनी समेत दिएका छन् ।
उनले काठमाडौं महानगरको गाडी रोकिएको उल्लेख गरेका छन् । तर पूर्ण घटना वा सन्दर्भ के हो खुलाएका छैनन् ।
बालेनले घटना नखुलाएपनि केहि मुलधारे मिडियामा आएको समाचार अनुसार काठमान्डू महानगरको गाडीमा मेयर बालेन पत्नी र उनका सहपाठीहरू सवार रहेको र हिजो बिदाको दिनमा सरकारी गाडी गुडेको हुनाले प्रहरीले एकै छिन् रोकेर सोधपुछ मात्र गरेको बताइएको छ ।
उनले लेखेका छन्, ‘आजको लागी केहि भएन ,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’