काठमाडौं, भदौ १७ : एसिया कप अन्तर्गत भोलि नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् ।
राष्ट्रिय टीमलाई हौसला दिन उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका जान लागेका हुन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो ।